NIMB Header 2
Nepal Life

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै आज

National Life
  • BFIS News
  • 2023 Dec 27 10:56
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै आज
Sanima Reliance

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

Shikhar
NIMB

लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा १७ वर्षकी किशोरीले उजुरी दिएकी थिइन्।

नेपालमा उजुरी दर्ता हुँदा लामिछाने क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए। केही समयपछि मात्रै नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए।

जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो। तर लामिछाने धरौटीमा रिहा भएपछि क्यानले उनलाई राष्ट्रिय टोलीमा फर्कायो र अहिले उनले राष्ट्रिय टोलीबाट खेल खेलिरहेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो। सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया