NIMB Header 2
Nepal Life

दक्षिण एशियाकै ठूलो इभेन्ट इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरु, खाद्य तथा पेयपदार्थको नयाँ हब

Muktinath Bank
  • BFIS News
  • 2024 Jan 09 16:44
दक्षिण एशियाकै ठूलो इभेन्ट इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरु, खाद्य तथा पेयपदार्थको नयाँ हब
National Life

काठमाडौं । खाद्य तथा पेयपदार्थ सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक (INDUSFOOD TECH-2024) सोमबारबाट भारतीय शहर ग्रेटर नोयडामा शुरू भएको छ । खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो कार्यक्रम हो ।

NIMB

भारतसहित दक्षिण एशियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुंदै आएको इण्डुज फुड टेकमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक के.सी.सहित करिव ४५ जना उद्यमी व्यवसायीले भाग लिइरहेका छन् ।

इण्डुज फुड टेकमा महासंघका सदस्य वस्तुगत संघहरू नेपाल अलैची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन,नेपाल कफी व्यवसायी महासंघ, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघमार्फत विभिन्न ७ वटा नेपाली कम्पनीहरूले स्टल राखेका छन् भने अन्य नेपाली कम्पनीहरुको पनि सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीवूटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टलहरू छन् ।

प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नविनतम प्रविधिको विस्तार, अन्तराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशिल बनाउंदै लैजाने मुख्य हवकोरूपमा हेरिएको छ ।

प्रदर्शनीको सोमवार विहान भारत सरकारका वाणिज्य तथा उद्योग सचिव सुनिल बर्थवाल (Mr. Sunil Barthwal, Commerce Secretary) ले उद्घाटन गरेका थिए भने वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भर्चुअल माध्यममार्फत संवोधन गर्दै प्रदर्शनीले भारत सहित सिंगो दक्षिण एशियालाई विश्व खाद्य चेनसंग जोडने दावी गरेका छन् । यो प्रदर्शनीले दक्षिण एशियाको खाद्यान्नसम्बद्ध क्षेत्रमा आमूल परिवर्तन ल्याउने दावी समेत गरे ।

प्रदर्शनीमा खाद्य उत्पादनसंग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधि सहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ । इण्डुज फुड टेकमा भारत सहित १ सय देशका २ हजार ५ सय भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् ।

प्रदर्शनी आयोजक भारतीय व्यापार प्रवद्र्धन परिषद्का (Trade Promotion Council of India) तर्फबाट भारतीय वाणिज्य सचिव बर्थवालसंग सोमवारै प्रदर्शनी परिसरमा सहभागी देशका प्रतिनिधिमण्डलसंग राखिएको भेटमा महासंघका उपाध्यक्ष ढकालले नेपाल भारत बीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्ट लगायतमा रहेका समस्या समाधानका लागि आग्रह गरेका छन् ।

सो अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाई पहिचान गरी संवोधन गर्न आग्रह गरिन् । साथै महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूले फुड सेफ्टी एण्ड प्याकेजिङ एण्ड इमर्जिङ टेक्नोलोजीका विषयमा आयोजित व्यवासयिक बैठक (B2B meeting) मा भाग लियो ।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र भारतीय साना, मझौला तथा घरेलु मन्त्रालयको सहयोगमा भारतीय व्यापार प्रवर्द्धन परिषद्ले आयोजना गरेको इण्डुज फुड टेक बुधवारसम्म चल्ने छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया