NIMB Header 2
Nepal Life

बि टु बि वैठक तथा उद्योग वाणिज्य क्षेत्रको समसामयिक बिषयमा अन्तक्रिया सम्पन्न

National Life
  • BFIS News
  • 2024 Jan 14 15:57
बि टु बि वैठक तथा उद्योग वाणिज्य क्षेत्रको समसामयिक बिषयमा अन्तक्रिया सम्पन्न
Sanima Reliance

काठमाडौं । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुहरुका साथ आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको नया सम्भावना पहिल्याउने उद्देश्यका साथ २०८० पुश २७ र २८ गते दुई दिने चेम्बर भ्रमण तथा बि टु वि वैठक सम्पन्न गरेको छ ।

 

Shikhar
NIMB

भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष्ँ एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आर्थिक एवं औद्योगिक कृयाकलापहरु सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रका साझा समस्याहरुको पहिचान गरी समाधानका लागि सामुहिक पहल गर्नका साथै व्यवसायिक अन्तरसम्बन्धको विकासका लागी बि टु बि वैठक आयोजना गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले वताए । उद्योग वाणिज्य संघहरुका साथ सम्पन्न अन्तरक्रियामा अध्यक्षले सुरानाले व्यवसायीक हितका लागि स्थापित संस्थाहरु बीचको सुमधुर सम्वन्धले संस्थागत सुदृढिकरण र व्यवसायीक हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्दै आगामी दिनमा समेत यसप्रकारको भ्रमण निरन्तरता दिने वताए ।

सुन्दर हरैचा, ईटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरुका साथ भएको वेग्ला वेग्लै अन्तरक्रियामा व्यवसायीहरुले उद्यारो कारोवारले व्यवसायमा नकारात्मक प्रभाव पारेको भन्दै यो समस्या समाधानाका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागी निरन्तर बहस तथा पैरवी गर्दै आएको उद्योग संगठन मोरङको पहलमा भएको भ्रमणले द्धिपक्षीय व्यवसायीक हितका विभिन्न आयाम, एक आपसको क्षेत्रमा नयाँ सम्भावनाको खोजीका साथै आ–आफना उत्पादनको बजार प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संगठनले विश्वास लिएको छ ।    

भ्रमण प्रतिनिधि मण्डलमा संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, कोषाध्यक्ष सुवोध कोईराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, राजन खत्री, प्रतिभा रिजाल ओली, जयन्द्र शर्मा, सन्तोष भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, दिपक अग्रवाल, विरेन्द्र राठी, महिला उद्यमी सोमी भगत चौलागाई, सावित्रा ढकाल, प्रतिभा पौडेल निरौला, युवा उद्यमी मंच विराटनगरका अध्यक्ष रंजित भगत र रविन कट्टेलको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया