Nepal Life

एनसीएचएलको नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा बिगमार्टमा १० प्रतिशत छुट पाइने

NMB Bank
  • BFIS News
  • 2024 Jan 15 04:31
एनसीएचएलको नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा बिगमार्टमा १० प्रतिशत छुट पाइने
United Ajod

काठमाडौं। नेपाल पे क्यूआर स्क्यान गरेर उपभोक्ताहरुले बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक सय रुपैयाँसम्म) छुट पाउने भएका छन्।

Shikhar
Nepal Life
NIMB

उक्त अफर नेपालभर रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले जनाएको छ। बिगमार्टले जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै आकर्षक पुरस्कारहरु रहेको बताइएको छ।

जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको विन्टर अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध छन्। बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ।

नेपाल पे क्यूआर नेसनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढी मर्चेन्टहरु आबद्ध गराइसकेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया