NIMB Header 2
Nepal Life

प्राइम कमर्सियलको मुनाफा ३२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २२.५० रुपैयाँ

National Life
  • BFIS News
  • 2024 Jan 21 10:50
प्राइम कमर्सियलको मुनाफा ३२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २२.५० रुपैयाँ
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाको मुनाफा घट्दै गर्दा प्राइम कमर्सियल बैंकको भने मुनाफामा सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४३.६३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.११ प्रतिशत र सञ्चालन मुनाफा ३२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५८ करोड ३१ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ १० पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया