NIMB Header 2
Nepal Life

नविल बैंकले ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’, सहुलियत व्याजदरमा १० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने

National Life
  • BFIS News
  • 2024 Jan 25 13:55
नविल बैंकले ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’, सहुलियत व्याजदरमा १० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने
Sanima Reliance

काठमाडौं । नबिल बैंकले वैदेशिक रोजगारबाट फर्किएका तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारलाई लक्षित गर्दै ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ नामक स्किम सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले आज एक विशेष समारोहका विच नयाँ स्किमको सार्वजनिक गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव केवल प्रसाद भण्डारी, बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Shikhar
NIMB

बैंकका अनुसार विदेशमा सिकेको सिपलाई नेपालमै प्रयोग गरी उद्यमशीलताको विकास गर्ने उद्देश्य सहित यस्तो स्किम सार्वजनिक गरिएको हो। रेमिट्यान्सबाट आर्जन भएको ठुलो रकम उपभोगमै खर्च भइरहेको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका नेपालीको शिप र बचतलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गराउने मुख्य उद्देश्य सहित यस्तो स्किम सार्वजनिक गरिएको बैंकले जनाएको छ।

उद्घाटन समारोहलाई संबोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएका नेपालीको ठुलो योगदान रहेको बताए । उनले भने ‘नविल दक्ष प्रवासी उद्यमशील कर्जाले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले उद्यमशील कार्यका लागि पैसाको अभावमा भोग्नु परिरहेको समस्यालाई समाधान गर्नेछ । जसले उहाँहरुलाई नेपालमै फर्किएर केहि गर्ने वातावरण बनाउनेछ ।’ बैंकको यो स्किमले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले आफुले सिकेको सिपलाई उद्यमशीलतामा परिणत गर्न प्रोत्साहित गर्ने उनको विश्वास रहेको छ।

कार्यक्रमलाई संबोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले बैंकको यस्तो स्किमले विदेशिएको बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत गर्ने बताए । उनले भने ‘सरकारले विदेशिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको छ । यस्तो अवस्थामा नविल बैंकले ल्याएको योजनाले थप टेवा पुर्याउने मेरो विश्वास छ।’

मन्त्री भण्डारीले बैंकलाई सहज र सरल ढङ्गबाट विदेशीका नेपालीलाई वित्तीय सेवा प्रवाह गर्न अनुरोध गरेका छन् । उनले सरकारको अभियानलाई नै सहयोग पुग्ने काम गरिरहेको भन्दै बैंकलाई धन्यवाद दिए ।

बैंकको एसएमबी, एमएफ तथा सस्टेनेवल बैंकिङ प्रमुख अमित श्रेष्ठले नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिएका थिए । बैंकका अनुसार यस्तो कर्जा मुनाफा आर्जन गर्ने र रोजगार सिर्जना गर्ने उद्योग तथा व्यापारको क्षेत्रमा मात्रै प्रवाह हुनेछ। विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केहि गरौ भन्ने सोच बनाइरहेका नेपालीहरुले आफ्नो उद्योग तथा व्यवसायको प्रकृतिका आधारमा न्युनतम १५ लाख रुपैयाँदेखि अधिकतम १० करोडसम्म प्राप्त गर्न सक्छन्। यस्तो कर्जा अधिकतम १० वर्ष अवधिसम्मको लागि प्राप्त हुने बैंकले जनाएको छ। बैंकले आधार व्याजदरमा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने जनाएको छ।

आवश्यक कागजपत्र पुरा भएको ३ देखि ५ दिन भित्रमा कर्जा प्रवाह गरिसकिने श्रेष्ठले बताए। उनले भने ‘नविल बैंकले वैदेशिक रोजगारबाट फर्कनु भएका तथा उहाँको परिवारलाई सहजिकरण गर्ने हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौ। सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराइ उद्यमशीलतालाई विकास गर्ने हाम्रो उद्देश्य रहेको छ । साना तथा मझौला उद्यमले स्थानीय अर्थव्यवस्थालाई सदृढिकरण गर्नुका साथै समाजमा रोजगारी सिर्जना गर्नेछ।’

यसले रेमिट्यान्सलाई सहि ठाउँमा उपयोग गर्न समेत प्रोत्साहित गर्ने बैंकको विश्वास रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरुको आफन्तलाई समेत सक्रिय बनाउनेछ ।

बैंकका अध्यक्ष पौडेलले कार्यक्रमलाई संबोधन गर्दै यस्तो स्किमले बैंकको दीगो यात्रालाई जोड दिएको बताए । बैंकले यस्तो कार्य मुनाफा आर्जन गर्ने भन्दा पनि सामाजिक उत्तरदायित्व पुरा गर्ने गरि काम गरेहको उनले बताए । उनले भने ‘बैंकले अन्य काम गरेर मुनाफा कमाउनेछ तर यस कार्यबाट बैंकले नाफा कमाउने उद्देश्य राखेको छैन ।’

बैंककले सार्वजनिक गरेको यस्तो स्किम बैंकको दीगो विकासको कोशेढुङ्गा सावित हुने उनले बताए । उनले भने ‘स्थानीय अर्थव्यवस्थामा साना तथा मझौला व्यवसायीहरुको ठुलो योगदान रहेको हुन्छ। नविल बैंकले यस्तो कदमले देशकै उत्पादकत्व बढाउन मद्दत पुर्याउनेछ ।’ कार्यक्रममा सहभागी सबैलाई आभार व्यक्त गर्दै देशको दिगो विकासमा बैंकले आगामी दिनमा अझै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

नबिल बैंक नेपालकै अग्रणी बाणिज्य बैंक हो। बैंकले २६६ वटा शाखा सञ्जाल, २२ वटा एक्सटेन्सन काउन्टर, ३१३ वटा एटिएम मेसिनबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको नेपालभर १८ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया