Nepal Life

छानबिन समितिले भन्यो : 'यथास्थितिमा एनसेल खरिदबिक्री अनुमति दिन मिल्दैन'

NMB Bank
  • BFIS News
  • 2024 Jan 30 05:26
छानबिन समितिले भन्यो : 'यथास्थितिमा एनसेल खरिदबिक्री अनुमति दिन मिल्दैन'
United Ajod

काठमाडौँ । यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

Shikhar
Nepal Life
NIMB

उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने भन्ने रहेको अध्ययन समितिका एक सदस्यले बताए ।

‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समितिले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । संयोजक टंकमणि शर्माले प्रतिवेदन बुझाएको र त्यस विषयमा सार्वजनिक रूपमा जानकारी गराउने प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

मंसिर तेस्रो साता गठित समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव ह्दयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया