NIMB Header 2
Nepal Life

कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालकमा विष्णुप्रसाद पोखरेल नियुक्त, शाखा अधिकृतबाट प्रमुखसम्मको जिम्मेवारी

National Life
  • BFIS News
  • 2024 Feb 01 19:50
कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालकमा विष्णुप्रसाद पोखरेल नियुक्त, शाखा अधिकृतबाट प्रमुखसम्मको जिम्मेवारी
Sanima Reliance

काठमाडौं । कृषि सामाग्री कम्पनीको प्रवन्ध निर्देशक पदमा विष्णु प्रसाद पोखरेल नियुक्त भएका छन् । लामो समयदेखि रिक्त रहेको कम्पनीको प्रवन्ध निर्देशक पदमा खुल्ला प्रतिष्पर्धाबाट कामु प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हालिरहेका पोखरेल नियुक्त भएका हुन् । 

Shikhar
NIMB

कम्पनीको प्रवन्ध सञ्चालकका लागि खुल्ला प्रतिष्पर्धा मा ९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये विभिन्न प्रस्तुतिकरण, कार्ययोजना लगायतका छलफलबाट प्रवन्ध निर्देशक पदका लागि पदपूर्ति समितिले ३ जनाको नाम कम्पनी सञ्चालक समितिको वोर्डलाई पेश गरेको थियो ।

विभिन्न विषयगत विज्ञहरु सम्मिलित सिफारिस भएका तीन जना मध्ये उत्कृष्ठ कार्ययोजना र नम्वर प्राप्त गरेका विष्णु पोखरेललाई बिहीबारको बोर्डले प्रवन्ध सञ्चालक पदमा नियुक्ति गरेको हो । प्रवन्ध सञ्चालक नियुक्तिका लागि गत  पुस ३ गते सार्वजनिक सूचना जारी गरिएको थियो । सो पदका लागि पोखरेल सहित सोही कार्यालयमा कार्यरत निमित्त बनिसकेका राजेन्द्रबहादुर काकीले पनि आवेदन दिएका थिए ।

त्यस्तै खुल्ला प्रतिष्पर्धामा चन्द्रप्रसाद चम्लागाइ, डोलिन्द्रप्रसाद शर्मा, भोजराज अधिकारी, रामचन्द्र ढकाल, शैलेन्द्रकुमार सुमन र हरिवंशले पनि आवेदन दिएका थिए । आवेदन दिएकाहरुले व्यवसायिक योजना प्रस्तुति लगायत पछि छनौट समिले विष्णुप्रसाद पोखरेल, भोजराज अधिकारी र रामचन्द्र ढकाल तीन जना सिफारिसमा परेको थिए । सिफारिस मध्ये अन्तर्वार्ताबाट पहिलो हुन सफल भएका विष्णुप्रसाद पोखरेललाई प्रवन्ध सञ्चालकमा नियुक्ति गरिएको हो ।

पोखरलले २०५२ साल जेठ २१ गते कम्पनीमा शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका उनले विभिन्न शाखा महाशाखा प्रमुखका रुपमा काम गरिसकेका छन् भने पछिल्लो समय कामु प्रवन्ध सञ्चालकका रुपमा कार्यरत थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया