NIMB Header 2
Nepal Life

ताईवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

National Life
  • BFIS News
  • 2024 Feb 03 17:48
ताईवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा
Sanima Reliance

काठमाडौं । ताईवानमा माघ १९ गते सम्पन्न भएको ताईवान ईन्टरनेशनल साईन्स फेयरमा नेपालले ईन्जिनियरिङ तर्फको  विधामा चौथो  स्थान हासिल गर्न सफल भएको छ । यहि माघ १४ देखि १९ गते सम्म भएको उक्त अन्तराष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्न गएका हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको कृषि-प्रबिधिमा आधारित 'एग्रो-गार्ड' नामक रिसर्चप्रोजेक्ट ले चौथो  स्थान हासिल गर्न सफल भएको हो ।
 

Shikhar
NIMB

गणित, रसायनशास्त्र, ईन्जिनियरिङ लगाएतका फरक फरक १३ वटा विधा समेटिएको उक्त प्रदर्शनि मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगाएतका २७ भन्दा वढि देशहरुका राष्ट्रिय स्तरवाट छनोट भएका  उत्कृष्ट युवा वैज्ञानिक विध्यार्थीहरुको सहभागिता रहेको थियो ।

२० वर्ष भन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उदेश्यका साथ हरेक बर्ष ताईवानको सुचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताईवान साईन्स एजुकेशन सेन्टर(NTSEC) ले उक्त विज्ञान प्रविधि मेलाको आयोजना  गर्दै आईरहेको छ ।

विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियाेजनाहरुलाई प्रदर्शन गराईने यस प्रदर्शनी मेलामा यस बर्ष ६३० जना विध्यार्थी अनुसत्धानकर्ताहरुद्वारा ३५९ वटा विज्ञान, सुचना-प्रविधी ,नवप्रवर्तन सम्बन्धि अनुसन्धानकाप्रोजेक्ट हरु प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रियप्रोजेक्ट हरु समाबेश गरिएका थिए ।

यस विज्ञान प्रदर्शनीमा नेपालबाट विध्यार्थी प्रतिस्पर्धामा सहभागी गराउनका निम्ति विज्ञान तथा प्रविधीका क्षेत्रमा काम गर्दै आईरहेको एस्ट्रोनोभा फाउन्डेसन नेपालले दरखास्त आवेदन आह्वान गरि प्रतिस्पर्धा मार्फत वाईवाको साे अनुसन्धानात्मकप्रोजेक्ट  छनौट गरि ताईवानमा नेपाललाई प्रतिनिधित्व गराईको हो ।

वाईवा गत वर्ष व्रेनिक्युव रिसर्च अर्गनाईजेशनद्वारा आयाेजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिकको उपाधि समेत प्राप्त गरेका थिए । फाउन्डेशनबाट किशन बास्ताेला र आयुष बस्नेतको परिवेक्षणमा वाईवासहितको टाेलि माघ १३ गते ताईवान प्रस्थान गरेका थिए ।

यस समापन समारोहमा ताईवानका विज्ञान-प्रबिधी मन्त्री, बिदेश बिभाग प्रमुख, नेशनल ताईवान साईन्स एजुकेशन सेन्टरका डाईरेक्टर जेनेरल, ताईवान रास्टृय विश्वविद्यालयका प्रोफेसर लगाएत विभिन्न देशका बिशिस्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया