NIMB Header 2
Nepal Life

कोरला नाका पन्ध्र दिनका लागि बन्द, ल्होसारको अवसरमा चीनतर्फ आवतजावत ठप्प पार्ने

National Life
  • BFIS News
  • 2024 Feb 04 04:49
कोरला नाका पन्ध्र दिनका लागि बन्द, ल्होसारको अवसरमा चीनतर्फ आवतजावत ठप्प पार्ने
Sanima Reliance

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी मित्रराष्ट्र चीन जोड्ने कोरला नाका यही माघ २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ ।

Shikhar
NIMB

उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले सूचना जारी गर्दै नाका बन्द हुने जानकारी गराएको हो । गएको कात्तिक २७ गते देखि नेपाल र चीन बिचको व्यापारिक नाका कोरला खुल्ला भएकोमा यही २०८० साल माघ २५ गते देखि २०८० फागुन १० गतेसम्म  १५ दिन बन्द हुने जनाएको छ । चीनतर्फ चार्ड पर्व परेको कारणले गर्दा नाका बन्द रहने भएकोले स्थानीय बासिन्दा, व्यापारी तथा सरोकारवालाहरूलाई सोको सूचना दिन आवश्यक रहेकोले सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । 

२०८० फागुन ११ गते नाका साबिकै अवस्थामा खुल्ला हुने भएकाले नाका बन्द हुनु भन्दा पहिला नै आफ्ना केही लेनदेन भएको भए मिलान गरी सहज रहन समेत गाउँपालिकाले आग्रह गरेको छ । व्यापारी तथा सर्वसाधारणले चिनियाँ बजारमा सामान खरिद गर्नु वा खरिद गरी सकेको आफ्नो सामान नेपाल तर्फ ल्याउनु पर्ने भए माघ २४ भित्रै व्यवस्थापन गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाका अनुसार चिनिया पक्षले मनाउने मुख्य ल्होसार पर्वलाई धूमधामसँग मनाउने भएकोले चाडको बेलामा नाका रोक्नका लागि चिनिया पक्षले जानकारी गराएकोले सूचना गरिएको हो । चीनमा ल्होसार मनाइ सकेपछि भने पुनः साबिकै अवस्थामा नाका खुल्ला रहने गाउँपालिकाले जनाएको छ । 

लोमान्थाङ गाउँपालिकाका अनुसार चिनिया पक्षले आफ्नो चाड भएकोले नाकामा आवतजावत रोक्नका लागि सूचना गरेको थियो ।चिनिया पक्षले आधिकारिक रूपमा १५ दिन नाका बन्द गर्ने भनेको भए पनि उनीहरूले मनाउने चाडको बारेमा भने खासै जानकारी छैन । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया