शेयर बजारमा तिव्र उतारचढाव, १३२ वटा कम्पनीको मूल्य घट्दा १०४ वटाको बढ्यो
- BFIS News
- 2024 Feb 04 15:13
काठमाडौं । साताको पहिलो दिनमै नेप्से सूचक ५.३१ अंकले घटेको छ । आइतबार नेप्से सूचक ०.२५ प्रतिशतले घटेर २०६१.७० अंकमा झरेको छ ।
आज दोस्रो बजारमा तिव्र उतारचढाव देखिएको छ । तिव्र उतार चढावका विचमा ३ अर्ब २१ करोडको कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।
युनिक लघुवित्त र मैलुङ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन रि इन्स्योरेन्सको ३३ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र निर्जीवन बीमा कम्पनीको सूचकमा सुधार देखिए पनि बाँकी सूचकमा गिरावट देखिएको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया