NIMB Header 2
Nepal Life

सुनचाँदी ब्यवसायी माथि भएको गोली प्रहार र लुटपाटका घटनाको विरोध

National Life
  • BFIS News
  • 2024 Feb 04 16:52
सुनचाँदी ब्यवसायी माथि भएको गोली प्रहार र लुटपाटका घटनाको विरोध
Sanima Reliance

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वार्ड न ४ बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मालाई सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा २०८० माघ २० गते शनिबार बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउँको नजिक चोरघोला भन्ने स्थानमा अज्ञात ब्यक्तिकले गोलि प्रहार गरी गम्भिर रुपमा घाइते बनाई साथमा भएको धनमाल समेत लुटेर लगेका छन् ।   

Shikhar
NIMB

यसैगरी पूर्वाञ्चल सुनचाँदी ब्यवसायी संघका सदस्य एवं महालक्ष्मी गहना पसल इटहरी–९ दिपेन्द्र चोकमा २०८० माघ १९ गते बिहान ११.१७ मा रातो मोटरसाइकलमा आएका ब्यक्तिले ग्र्राहकजस्तो बनेर पसलमा आई सिक्री देखाउन लगाई २ थान (२ तोला १२ आना) सुनको सिक्री हातमा लिई लगाउन लागे जस्तो गर्दै फरार भएका छन् । यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीलाई डर र त्रासको वातावरण बनाई ब्यवसाय नै कसरी सञ्चालन गर्ने भन्ने प्रश्न उत्पन्न गराएको छ । 

सुनचाँदी ब्यवसायी माथि भएको गोली प्रहार र लुटपाटका यस्ता घटना प्रति यस नेपाल सुनचाँदी ब्यवसायी महासंघको गंभिर ध्यानाकर्षण भएको छ । कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो । राज्य र सुरक्षा निकायले यस प्रति गंभिरतापूर्वक ध्यान दिँदै सम्वन्धित अपराधिहरु यथासिघ्र पक्राउ गरी सजायँ दिन र यस्ता घटना पुनः दोहोरिन नदिई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार एवं सुरक्षा निकायसँग महासंघ जोडदार माग गर्दछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया