Nepal Life

अर्थमन्त्रीद्धारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन

NMB Bank
  • BFIS News
  • 2024 Feb 07 16:04
अर्थमन्त्रीद्धारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन
United Ajod

भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएकाे छ । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, 'राजस्वकाे लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहाेस् ।'

Shikhar
Nepal Life
NIMB

‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा.महतले भन्नुभयाे,‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिनुभयो ।

‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’ 

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भन्नुभयो, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भिर भएर ध्यान दिनुहोला ।’ डा. महतले भन्नुभयो - 'चोरी पैठारी राेक्न भन्सार नाकामा खटिने सबै तहबीच एक अर्काकाे राम्राे समन्वय हुनुपर्छ ।’

‘जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री डा. महतले भन्नुभयो, 'समस्याको सम्बोधन तुरुन्त हुन्छ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया