NIMB Header 2
Nepal Life

मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारमा दियो तीन दिन बिदा

National Life
  • BFIS News
  • 2024 Feb 08 05:26
मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारमा दियो तीन दिन बिदा
Sanima Reliance

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्वसोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिनेभएको छ । 

 

Shikhar
NIMB

तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो ।

मन्जुश्री सम्वत २८६० डुक मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बुधबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । 

माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा पालिका अध्यक्ष मल्लले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु सुख र समृद्धिको कामना गरेका छन् । साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उनले जानकारी गराएका छन् । उनले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशीयालीपूवर्क मनाउने तीन दिन बिदा दिएको बताएका छन् । 

उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने आफ्ना शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया