NIMB Header 2
Nepal Life

बैंक वित्तीय संस्थाले ६ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ४ अर्ब ६६ करोड रुपैयाँ बोनस, कुन बैंकको कति ?

National Life
  • प्रभात कुईकेल
  • 2024 Feb 08 19:49
बैंक वित्तीय संस्थाले ६ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ४ अर्ब ६६ करोड रुपैयाँ बोनस, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाको रोजगारीमा सबैभन्दा धेरै आकर्षण हुने गरेको छ । बैंकले रोजगारीका लागि आवेदन खुला गर्दा अत्याधिक आवेदन पर्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनसलाई प्रमुख कारण मानिन्छ । कर्मचारीको बोनसका लागि मात्रै वाणिज्य बैंकहरुले ठूलो रकम छुट्याएका हुन्छन् ।

Shikhar
NIMB

प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १०५ कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । यसरी छुट्याइएको रमकबाट बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् ।

बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको मुनाफाबाट कर्मचारीका लागि ४ अर्ब ६६ करोड रुपैयाँ बोनस छुट्टाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा बैंक वित्तीय संस्थाहरुले ३१ अर्ब ९२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

कर्मचारीहरुले भने आर्थिक वर्ष सकिए पछि मात्रै बोनस पाउछन् । आर्थिक वर्ष सकिए पछि यस्तो रकम अझ बढ्ने छ । गएको आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले कर्मचारीहरुका लागि साडे ९ अर्ब छुट्टाएका थिए ।

चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक धेरै बोनस नविल बैंकले छुट्टाएको छ । नविल बैंकले ३ अर्ब २० करोड रुपैयाँ मुनाफाबाट ५० करोड रुपैयाँ कर्मचारीको बोनसका लागि छुट्टाएका छन् ।

दोस्रो धेरै बोनस प्राइम बैंकले २ अर्ब १८ करोड मुनाफाबाट ३४ करोड ६४ लाख रुपैयाँ छुट्टाएको छ । तेस्रो धेरै मुनाफा आर्जन गरेको ग्लोबलले २ अर्ब ४ करोडबाट ३१ करोड ३७ लाख रुपैयाँ दिने छ । एनआइसी एशियाले एक अर्ब ९० करवडबाट २८ करोड ९९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८० करोडबाट २८ करोड ६७ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब ७२ करोडबाट २७ करोड ४० लाख, एभरेष्ट बैंकले एक अर्ब ७१ करोडबाट २७ करोड १९ लाख, हिमालयन बैंकले एक अर्ब ४७ करोडबाट २४ करोड १० लाख रुपैयाँ बोनसका लागि छुट्टाएका छन् ।

विकास बैंकहरु मध्ये सर्वाधिक धेरै गरिमाले ५१ करोड २५ लाखबाट ८ करोड १३ लाख रुपैयाँ छुट्टाएको छ । त्यस्तै विकास बैंक तर्फ मुक्तिनाथ विकास बैंकले ४२ करोडबाट ६ करोड ६६ लाख, लुम्बिनी विकास बैंकले २१ करोडबाट ५ करोड १२ लाख, महालक्ष्मी विकास बैंकले २७ करोड ८० लाखबाट ४ करोड ४१ लाख छुट्टाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया