NIMB Header 2
Nepal Life

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

National Life
  • BFIS News
  • 2024 Feb 09 20:22
नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल
Sanima Reliance

काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल चयन भएका छन् । संघको ४३ औं वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षका लागि प्रथम उपाध्यक्षमा चयन भएका हुन् ।

 

Shikhar
NIMB

बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो समय काम गरेका पोखरेलले एभरेष्ट बैंकबाट बैंकिङ करिअर सुरुवात गरेका थिए । एभरेष्ट बैंकमा चार वर्ष काम गरेर उनि ग्लोबल आइएमई आएका थिए । 

बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा प्रमुख कार्यकारी अधिकृत भुमिकामा रहि कार्य सम्पादन गरेकाे अनुभव रहेको छ।  
एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टमा डिजिटल बिजनेस स्ट्राटेजी अध्ययन गरेका पोख्रेलले शंकरदेव क्याम्पसबाट एमबिए गरेका छ्न । 

नेपाल व्यवस्थापन संघको अध्यक्षमा भने ग्रोथ सेलर प्राइभेट लिमिटेडका संस्थापक मोहन राज ओझा चयन भएका छन् । ओझाको अध्यक्षतामा १७ सदश्य कार्यसमिति गठन भएको छ । द्धितिय उपाध्यक्षमा मश्रीक बैंकका चिफ कन्ट्रि रिप्रिजेन्टिभ हेमा अधिकारी चयन भएकी छिन् ।

महासचिवमा इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कर्मचारी सञ्चय कोषका कार्यकारी निर्देशक कवि राज अधिकारी, सदश्यहरुमा कृषि विकास बैंकका धर्मनन्द अवस्थी, इसिमोडकी अनु जोशी श्रेष्ठ, किशोर ढुङ्गाना, मधु पौडेल, जितेन्द्र धिताल, बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नेपाल एसबिआइ बैंकका राजेश कुमार पण्डा, नर्भिक अस्पतालका सिइओ अजय कुमार मिश्र र कान्तिपुर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश श्वार चयन भएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया