NIMB Header 2
Nepal Life

शिवम् सिमेन्ट्सको मुनाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ५.९१ रुपैयाँ

National Life
  • BFIS News
  • 2024 Feb 10 12:16
शिवम् सिमेन्ट्सको मुनाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ५.९१ रुपैयाँ
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्टमो मुनाफा ६७.६७ प्रतिशतले घटेको छ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको पुसमा कम्पनीले ४५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

Shikhar
NIMB

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। कम्पनीको बिक्री लागत तथा अन्य खर्च बढेको र अन्य आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.५२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४७.४० प्रतिशत घटेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ७.६७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.८३ गुणा रहेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया