Nepal Life

नेपाल टेलिकमको मुनाफा र इपिएस दुबै घट्यो, ६ महिनामा ३ अर्ब ९३ करोड मुनाफा हुँदा इपिएस ४३ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Feb 13 10:42
नेपाल टेलिकमको मुनाफा र इपिएस दुबै घट्यो, ६ महिनामा ३ अर्ब ९३ करोड मुनाफा हुँदा इपिएस ४३ रुपैयाँ
United Ajod

काठमाडौं । नेपाल टेलिकमको मुनाफा र प्रतिशेयर आम्दानी दुबैमा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा ७.६० प्रतिशतले घटेर ३ अर्ब ९३ करोडमा सिमित भएको छ । गत वर्षको यहि अवधिमा ४ अर्ब २५ करोड थियो । 

Shikhar
Nepal Life
NIMB

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३.५८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया