NIMB Header 2
Nepal Life

क्रस बोर्डर भुक्तानी नियमन गर्न राष्ट्र बैंक र आरबीआईबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 Feb 15 19:38
क्रस बोर्डर भुक्तानी नियमन गर्न राष्ट्र बैंक र आरबीआईबीच सम्झौता
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन सम्झौता भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र समकक्षी आरबीआई गभर्नर शक्तिकान्त दासको सहभागितामा दुई बैंकका उच्च अधिकारीबीचमा सम्झौता भएको हो। हाल गभर्नर अधिकारी भारत भ्रमणमा छन्।

Shikhar
NIMB

सम्झौताअनुसार सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकासका लागि भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्स (एनपीआई)मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गरिने भएको छ। 

राष्ट्र बैंक र आरबीआईको सम्झौतासँगै यसअघि यूपीआई र एनपीआईबीचमा भएको प्रणाली विकास सम्झौता कार्यान्वयनमा जानेछ।गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट प्रक्रिया अघि बढाउन यूपीआई र एनपीआईबीच सम्झौता भएको थियो।

गत जेठको भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल–भारतबीच क्रस बोर्डर पेमेन्ट प्रारम्भिक सहमतिमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र भारतीय पेमेन्ट कम्पनी एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका थिए। 

आजको सम्झौतामा सहज, सुलभ र सुरक्षित भुक्तानी प्रणाली विकासमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया