NIMB Header 2
Nepal Life

स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा, एफपीओ र लाभांश वितरणको प्रस्ताव

National Life
  • BFIS News
  • 2024 Feb 16 08:20
स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा, एफपीओ र लाभांश वितरणको प्रस्ताव
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते  साधारणसभा बोलाउने निर्णय गरेको छ। लिमिटेडले नेपाल हाउस हात्तिसार, काठमाडौंमा बिहान साढे ११ बजे १५ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो। 

Shikhar
NIMB

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय टुङ्ग्याउनेछ । प्रस्तावित लाभांशलाई समेत कम्पनीले वितरणयोग्य बनाउने जनाएको छ।

माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ६२ करोड ७२ लाख रुपैयाका आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

प्रस्तावित उक्त लाभांशलाइ पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ। उल्लिखित प्रस्ताव सँगै थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रस्ताव पनि सभाका लागि तय भएका छ। 

कम्पनीले फागुन १३ गते बुक क्लोज गर्ने तयारी गरेको छ। बुक क्लोजको आधारमा फागुन १० गते बिहीवारसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया