Nepal Life

६ महिनाको अवधिमा मालसमानको आयात र करवापतको ४५ अर्ब छुट

NMB Bank
  • BFIS News
  • 2024 Feb 16 10:29
६ महिनाको अवधिमा मालसमानको आयात र करवापतको ४५ अर्ब छुट
United Ajod
Shikhar
Nepal Life
NIMB

 

काठमाडौं - अर्थ मन्त्रालयले विभिन्न मालवस्तुको आयात र करवापत करिब साढे ४५ अर्ब रुपियाँ छुट दिएको जनाएको छ। यो विगत ६ महिनामा दिइएको छुट हो।

जसमा मालवस्तुको आयातमा मात्रै ३५ अर्ब रुपियाँभन्दा बढी महसुल छुट प्रदान गरिएको छ । पुससम्म ६ खर्ब २१ अर्ब ६८ करोड रुपैयाँको मालवस्तु आयात भएकामा ३५ अर्ब ६६ करोड २८ लाख रुपियाँ महसुल छुट प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

आर्थिक ऐनअनुसार यस्तो छुट प्रदान गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

आयातित वस्तुमा बाहेक मन्त्रालयले समीक्षा अवधिमा करिब १० अर्ब रुपैयाँ कर छुट पनि प्रदान गरेको छ । आयकर ऐन र आर्थिक ऐनमा व्यवस्था भएबमोजिम उक्त अवधिमा ९ अर्ब ८६ करोड ३१ लख रुपियाँ करदातालाई छुट दिइएको मन्त्रालयले जनाएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया