Nepal Life

बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग छलफल भएकै हो, अतिरञ्जित नबनाउनुस् : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Feb 16 12:23
बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग छलफल भएकै हो, अतिरञ्जित नबनाउनुस् : अर्थमन्त्री
United Ajod
Shikhar
Nepal Life
NIMB

 

अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन्। आफूले प्रधानमन्त्रीसँग छलफल नै गरेर बजेटको अनुमानित खर्चको आकार घटाइएको दाबी पनि उनले गरे। 

शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेटको कटौती नभएको स्पष्ट पारे।

त्यस्तै उनले खर्चको आकार घटाउने सवालमा प्रधानमन्त्रीसँगको समन्वयमै भएको जिकिर गरे। 

‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन।’ 

बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आ‌ंकलन गरेको थियो।

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ।

त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा मध्यावधि मुल्यांकनबाट १२ खर्ब तीन अर्ब रूपैयाँ राजस्व उठ्ने आंकलन गरिएको छ।

बजेट कार्यान्वयनका सवालमा राष्ट्रिय योजना आयोगले दिएको सुझावलाई समेत अर्थ मन्त्रालयले विशेष अध्ययन र मनन् गर्ने गरेको अर्थमन्त्रीले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया