NIMB Header 2
Nepal Life

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिईओ ढुंगाना

National Life
  • BFIS News
  • 2024 Feb 18 12:03
अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिईओ ढुंगाना
Sanima Reliance

काठमाडौँ। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्।

Shikhar
NIMB

सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ९फेजा०ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। सिईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ। अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ।

जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए। अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्। प्रमुख अतिथि डा निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गरिन्। कार्यक्रमको सहआयोजक नेपालकै नीजि क्षेत्रको पहिलो बैंक नविल रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया