NIMB Header 2
Nepal Life

कामना सेवामा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने

National Life
  • BFIS News
  • 2024 Feb 18 18:36
कामना सेवामा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (KYC) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।

उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्ने सकिने छ ।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ । बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया