NIMB Header 2
Nepal Life

नेपाल आयल निगममा डा. चण्डिकाप्रसाद भट्ट, १० वर्ष पछि पाए पुन: जिम्मेवारी

National Life
  • BFIS News
  • 2024 Feb 18 20:01
नेपाल आयल निगममा डा. चण्डिकाप्रसाद भट्ट, १० वर्ष पछि पाए पुन: जिम्मेवारी
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई कार्यकारी निर्देकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Shikhar
NIMB

आपुर्ती मन्त्रालयले गत पुस ६ गते कार्यकारी निर्देशकका लागि नियुक्ति प्रक्रिया अगाडी बढाएको थियो । मन्त्रालयले गठन गरेको समितिले कार्ययोजना र अन्तर्वार्तापछि भट्ट, डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो। सरकारी सेवामा सहसचिव पदमा कार्यरत भट्ट दोस्रोपटक निगमको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

उनी १० वर्षअघि निगमको नेतृत्वमा रहेकै समयमा तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ माघमा हटाएका थिए। उनले ६ महिने कार्यकालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली सुरु गरेका थिए। उनी २०७७ भदौदेखि सेज प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन्। निगम गत मंसिर २६ देखि नेतृत्वविहीन थियो। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया