NIMB Header 2
Nepal Life

कृषिले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

National Life
  • BFIS News
  • 2024 Feb 20 07:51
कृषिले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले साधारणसभा बोलाएको छ। फागुन ७ गते बसेको सञ्चालक समितिको बैठक आगामी फागुन ३० गतेका लागि साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

कृषि विकास बैंक लिमिटेडको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाइएको छ।

बैंकको १७ औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरू
लगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

यस्तै बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनीको आ.ब. २०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव हुनेछ।

विशेष प्रस्तावमा प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया