NIMB Header 2
Nepal Life

ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न ७ दिनको म्याद

National Life
  • BFIS News
  • 2024 Feb 21 10:48
ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न ७ दिनको म्याद
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ। आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर महानगरले जग्गा खाली गर्न भनेको हो।

Shikhar
NIMB

सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ।’

तोकिएको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया