NIMB Header 2
Nepal Life

काठमाडौंको सीतापाइलामा तीनजनाको हत्या, श्रीमान‍्‌द्वारा आत्महत्या

National Life
  • BFIS News
  • 2024 Feb 21 13:46
काठमाडौंको सीतापाइलामा तीनजनाको हत्या, श्रीमान‍्‌द्वारा आत्महत्या
Sanima Reliance

काठमाडौं - काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ। सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो।

Shikhar
NIMB

ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन्। घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो। परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।

घटनाको छानबिन भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया