NIMB Header 2
Nepal Life

७ महिनामा ९ खर्ब ८४ अर्बको व्यापार, आयात मात्रै करिब ९ खर्बको

National Life
  • BFIS News
  • 2024 Feb 21 14:27
७ महिनामा ९ खर्ब ८४ अर्बको व्यापार, आयात मात्रै करिब ९ खर्बको
Sanima Reliance

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा आयात मात्रै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ रहेको छ। नेपालबाट ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँको निर्यात भएको छ।

Shikhar
NIMB

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा आयात-निर्यात दुवैमा कमी आएको छ। सोही अवधिमा अघिल्लो आर्थिक वर्षमा आयात ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ रहेको थियो भने निर्यात ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्षको यस अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

चालु आर्थिक वर्षको ७ महिनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको छ। कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको तुलनामा २.७५ प्रतिशतले घटेको छ।

विभागका अनुसार यस अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १.७७ प्रतिशत कम हो। आयात घटेको कारण व्यापार घाटा घटेको छ। गत आर्थिक वर्षमा ८ खर्ब २५ अर्ब रूपैयाँको व्यापार घाटा भएको थियो।

यो अवधिमा सरकारले भन्सारमा २ खर्ब ३६ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने सरकारले २ खर्ब १२ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया