NIMB Header 2
Nepal Life

नेप्सेको ओरालो यात्रा चौथो दिनमा, आज ६.४६ अंकले घट्यो

National Life
  • BFIS News
  • 2024 Feb 21 16:16
नेप्सेको ओरालो यात्रा चौथो दिनमा, आज ६.४६ अंकले घट्यो
Sanima Reliance

काठमाडौं । आज (बुधबार) पनि नेप्से परिसूचक घटेको छ। बिहीबार, आइतबार र मंगलबार घटेको नेप्से बुधबार पनि घटेको छ। आज नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा पुगेको छ।

Shikhar
NIMB

बुधबारको बजारमा २ अर्ब २४ करोड ५४ लाख २२ हजार १९६ रूपैयाँको सेयर कारोबार भएको छ। मंगलबार ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रूपैयाँको सेयर कारोबार भएको थियो। मंगलबारको तुलनामा आज कारोबार रकममा ८७ करोड रूपैयाँ कमी आएको हो।

आज बजारमा ३१३ कम्पनीका ६३ लाख ४१ हजार १७४ कित्ता सेयर कारोबार भए। आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। 

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन प्रशोधन बाहेक अन्य सबै उपमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ०.८८ प्रतिशतले घटेको छ।

बुधबार बोटलर्स नेपाल (बालाजु), हिमालयन उर्जा र समाज लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल(तराई) काे ९.९९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ८.५० प्रतिशतले बढेको छ।

यता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत र त्रिशुली जलविद्युतको शेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ।

बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड २६ लाख, पिपुल्स हाइड्रोपावरको ६ करोड र सगरमाथा जलविद्युतको ५ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया