NIMB Header 2
Nepal Life

सन् २०२६ सम्ममा विद्युतीय मुद्रा परीक्षण गर्ने तयारीमा राष्ट्र बैंक

National Life
  • BFIS News
  • 2024 Feb 21 20:00
सन् २०२६ सम्ममा विद्युतीय मुद्रा परीक्षण गर्ने तयारीमा राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक विद्युतीय मुद्रा परीक्षण गर्ने तयारीमा रहेको बताएका छन्। भारतको मुम्बईमा आयोजित एसइएसिइएन गभर्नर्स मिटिङमा अधिकारीले  'डिजिटल फाउण्डेसन' स्थापनामा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै सन् २०२६ सम्ममा 'केन्द्रीय बैंक विद्युतीय मुद्रा' पाइलट परीक्षण गर्ने तयारी रहेको जानकारी दिए।

Shikhar
NIMB

सम्मेलनको तेस्रो सेसनमा गभर्नर अधिकारी प्यानलिष्टको भूमिकामा सहभागी रहेका थिए। उक्त सम्मेलनमा एसइएसिइएन का सदस्य संस्थाका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो।

बैठकमा सन् २०२४ का निम्ति प्रस्तावित प्रशिक्षण र अनुसन्धान, बजेट, साङ्गठनिक नतिजालगायतका विषयमा छलफल भई सहभागीको राय सुझावका आधारमा प्रस्तावहरू अनुमोदन भएको थियो।

तीन वटा सेसनमा प्यानल छलफल भएको थियो। त्यस क्रममा कोभिड–१९ सङ्क्रमण यताको अवधिमा विश्व अर्थतन्त्रले सामना गरेका मुद्रास्फीति, उच्च ब्याजदर, भू–राजनीतिक तनावलगायतका चुनौतीबारे विस्तृत छलफल भएको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया