NIMB Header 2
Nepal Life

त्रिभुवन विमानस्थल : गत आर्थिक वर्षमा ११ अर्बबढी राजस्व संकलन, यस वर्ष १३ अर्बको लक्ष्य

National Life
  • BFIS News
  • 2024 Feb 22 13:49
त्रिभुवन विमानस्थल : गत आर्थिक वर्षमा ११ अर्बबढी राजस्व संकलन, यस वर्ष १३ अर्बको लक्ष्य
Sanima Reliance

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड बराबरको राजस्व संकलन गरेको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु ६ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।

Shikhar
NIMB

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे। विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, होल्डलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ।

विमानस्थलले आव २०७७/७८ मा रु २ अर्ब ४६ करोड राजस्व उठाएको थियो। कोभिड–१९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ। कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२ मा यो सङ्ख्या ७९ लाख ५४ हजार ४९५ थियो। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो। एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो। आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार ३२६ पुगेको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए। यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन्।

नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया