Nepal Life

सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Feb 22 18:39
सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
Nepal Life
NIMB

“बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५,३०,७५० (अक्षरूपी पाच लाख तीस हजार सात सय पचास) र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई रु १००,००० (अक्षरूपी एक लाख)  हस्तान्तरण गरिएको छ । 

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी  समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप्   र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप )  , ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भईसकेका छन् ।

उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया