सपोर्ट लघुवित्तको सञ्चालक समिति अध्यक्षमा पोखरेल नियुक्त
- BFIS News
- 2024 Feb 23 13:05
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन्। संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको अध्यक्ष चयन गरेको हो।
यसका साथै सोहि बैठकले यसअघिका अध्यक्ष प्रदिप अधिकारीले सञ्चालक समितिसमक्ष अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा फागुन १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया