NIMB Header 2
Nepal Life

सूर्योदय वोमी लघुवित्त शाखा कार्यालय नवलपुरले सदस्यहरुलाई दियो एक दिने कुशन बनाउने तालिम

National Life
  • BFIS News
  • 2024 Feb 24 05:38
सूर्योदय वोमी लघुवित्त शाखा कार्यालय नवलपुरले सदस्यहरुलाई दियो एक दिने कुशन बनाउने तालिम
Sanima Reliance

काठमाडौं । मकवानपुरको नवलपुर शाखामा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको  एक दिने कुशन बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ । मनहरि  नगरपालिका वडा न ९  मा १ दिने कार्यक्रम मनहरि नगरपालिका वडा न ९  का वडा सदस्य अध्यक्ष राज कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो ।

Shikhar
NIMB

४५ जना महिला ले सहभागिता जनाएको कार्यक्रममा जोखिम तथा असुली बिभाग अधिकृत भरत काफ्ले, अनुगमन अधिकृत मनिता कुमारि ठाकुर र नवलपुर शाखाका शाखा प्रमुख नमिता सापकोटाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा केन्द्रीय कार्यालय को भरतपुर स्टेसन कार्यलयमा कार्यरत अनुगमन अधिकृत मनिता कुमारि ठाकुरले  संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुबिधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय ज्ञान, सीप, मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक ब्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको उदेश्य रहेको बताए ।

संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

समय-समयमा तालिमहरु प्रदान गर्दै आएको, उनिहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको अधिकृत मनिता कुमारि ठाकुरले बताइन् ।

अहिले केहि ब्यक्ति र समुहले लधुबित्त प्रति नकारात्मक प्रचार  गरि महिला लाई भ्रम मा पारि राजनैतिक आड भरोसामा अराजक गतिबिधि गरिरहेको र आफ्नो स्वार्थ पुरा गरिरहेको हुनाले तेस प्रति सचेत रहन जोखिम तथा असुली बिभाग अधिकृत भरत काफ्ले आग्रह गरेका थिए । यसैबीच तालिमका सहभागिहरुले आजको ज्ञानले  आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् ।

संस्थाका अनुगमन अधिकृत मनिता कुमारि ठाकुरले तालिमको सहजि करण गरेकी थिइन् भने कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख नमिता सापकोटाले गरेकी थिइन् ।

हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १८५००० जना सदस्यलाई वित्तीय सेवा दिइरहेको छ। भनि कार्यक्रममा केन्द्रीय कार्यालय को भरतपुर स्टेसन कार्यलयमा कार्यरत जोखिम जोखिम तथा असुली बिभाग मा कार्यरत अधिकृत भरत काफ्ले जानकारी  गराएका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया