Nepal Life

प्राधिकरणको चेतावनी - टिकटक बन्द नगर्नेलाई कारबाही हुन्छ

NMB Bank
  • BFIS News
  • 2024 Feb 24 08:52
प्राधिकरणको चेतावनी - टिकटक बन्द नगर्नेलाई कारबाही हुन्छ
United Ajod

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने चेतावनी दिएको छ। अझैपनि टिकटकमा पहुँच पुगिरहेको खबर आएपछि प्राधिकरणले त्यस्तो सूचना जारी गर्दै चेतावनी दिएको हो।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणले टिकटक चलिरहेको बारे जानकारी गराउन पनि अनुरोध गरेको छ।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भए पनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।

सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।

सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगरेको पाइए दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।

मन्त्रिपरिषदको  गत कार्तिक २७ गतेको बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

dursanchar-fagun-12-1708737172.png

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया