NIMB Header 2
Nepal Life

वित्तीय अराजकतामा माओवादी सरकारको दोहोरो चरित्र, कार्यकर्तालाई फिल्डमा खटाएर अविश्वासको वातावरण बनाउदै

Muktinath Bank
  • रोशन कार्की
  • 2024 Feb 25 13:27
वित्तीय अराजकतामा माओवादी सरकारको दोहोरो चरित्र, कार्यकर्तालाई फिल्डमा खटाएर अविश्वासको वातावरण बनाउदै
National Life

काठमाडौं । अहिले मच्चीरहेको वित्तीय अराजकताको मुल जड माओवादीको नेतृत्वमा रहेको सरकारको दोहोरो चरित्र प्रष्ट देखिएको छ । लघुवित्तले गरिबहरुलाई झन् शोषण गरिरहेको भन्दै मनिराम ज्ञवाली नेतृत्वको समुहले लघुवित्तका कर्मचारीहरुलाई कालो मोसो दल्दै हिडेका छन् ।

NIMB

वित्तीय क्षेत्र अत्यन्तै संवेदनशिल क्षेत्र हो । यसैमा सरकारले अदृश्य रुपमा ज्ञवाली जस्ता व्यक्तिहरुलाई फिल्डमा उतार्नुले पनि सरकार आफै अप्रत्यक्ष रुपमा वित्तीय क्षेत्रलाई प्रहार गर्ने काममा अगाडी बढेको देखिन्छ छ ।

माओवादी  र उसको नेतृत्वको सरकारको दोहोरो चरित्रलाई तलका केहि बुँदाले प्रस्ट देखाउछ ।

१) माओवादी अहिले प्रधानमन्त्री र गृहमन्त्री सहित सरकारमा छ । आफै सरकारमा हुँदा हुँदै बैंक तथा वित्तीय संस्थालाई धराप बनाउन र अराजकता मच्चाउन मनिराम ज्ञवाली लगायतका आफ्ना कार्यकर्तालाई फिल्डमा नक्कली आन्दोलनकारिको रुपमा खटाउदै आएको छ । माओवादी आन्दोलनमा लागेका ज्ञवाली अहिले लघुवित्तीय सँस्था बिरुद्दको संघर्ष समिति नेपालका अध्यक्ष छन् । उनले यस विषयमा आफु दुर्गा प्रसाइको पक्षमा रहेको बताउदै आएका छन् । जवकी उनि आफै माओवादीका कार्यकर्ता हुन् । यसरी आफ्नै कार्यकर्ता व्यवस्थाको विरुद्धमा उभिदा माओवादी सरकार पनि मुख दर्शक बनेर उभिएको छ ।  

२) राष्ट्रिय स्तरका ‘क’ बर्गका बाणिज्य बैंक सँग १४ प्रतिशत भन्दा बढिमा सापटी लिएर १७ प्रतिशतको आधार दर भएका माइक्रोफाइनान्सले २ प्रतिशत घाटामा अर्थात १५ प्रतिशत व्याजदरमा गाउँ गाउँ गाउँ गएर बिना धितो साना ब्यवसायीलाई कर्जा दिएर कसरी मिटर ब्याजी भए ? यथार्थ नबुझी आन्दोलनमा उभिएको कुरालाई सरकारले नबुझेको हो ?

३) आफै धामी आफै बोक्सी हुन मिल्छ प्रधानमन्त्री ज्यु ? कि तपाईले कुर्सी छोड्नुस कि मनिराम ज्ञवालीलाई तत्काल कारबाही गरेर माओबादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारबाही गर्नुहोस् । होइन भने माओवादीकै राष्ट्रिय एजेण्डा बनाएर बैंक तथा वित्तीय संस्था बिरुद्द आन्दोलन घोषणा गरेर गभर्नर सँग पाउ पर्नुहोस् ।

४) समस्याको समाधान पनि नगर्ने अनि सरकारको नेतृत्व गरेर पिडक पनि आफै हुने अनि पिडितको तर्फबाट भन्दै आन्दोलनको नौटन्की गर्दै सबै तिर ठिक्क पारेर घिनलाग्दो भोटको राजनीति नगर्नुहोस् ।

५) माओबादीले अहिले आन्दोलन गरेर माग चै कोसग राख्ने हो प्रम ज्यु? कि तपाई माओवादी छाडेर कांग्रेस प्रवेश गरिसक्नु भयो ?

७) वित्तीय क्षेत्र अत्यन्तै सम्बेदनशिल हुन्छ कृपया यसमा राजनिती गर्ने प्रयास नगर्नुहोस् नत्र तपाई अनि तपाइको पार्टी पनि यहि चक्करमा घुन पिसिए झै पिसिन सक्छ ।

७) १५ प्रतिशत भन्दा बढी कुनै लघुबित्तले ब्याज लिएको भए नेपाल राष्ट्र बैंकले प्रस्ट कारबाही गर्छ । यदि राष्ट्र बैंकले कारबाही नगरे निर्देशन दिन सरकारमा माओवादी छदैछ । अनि नाटक र हल्ला चै के को हो ?

९) ‘क’ वर्गका बाणिज्य बैंकले १८ प्रतिशतसम्म ब्याज असुल्दा आफू घाटा खाएर पनि १५ प्रतिशत ब्याजमा ऋण दिने माइक्रोफाइनान्स धपाएर गाउँका साहु महाजनको वार्षिक १०० प्रतिशत भन्दा बढिको मिटर ब्याजलाई प्रशय दिन खोज्या हो र माओवादीले ?

जहिले अराजकता, अशान्ती र अन्यौलतामै राजनितिक भविस्य देख्ने प्रचण्ड नेतृत्वको माओबादी अब सिद्दिने कि सच्चिने हो बेलैमा सोचोस ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार