NIMB Header 2
Nepal Life

प्रभु बैंकका कर्मचारीले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपैयाँ फिर्ता

National Life
  • BFIS News
  • 2024 Feb 26 05:16
प्रभु बैंकका कर्मचारीले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपैयाँ फिर्ता
Sanima Reliance

काठमाडौं । रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो । 

Shikhar
NIMB

आइतबार १४ जना ग्राहकको रकम उहाँहरुकै खातामा जम्मा गरिएको बैंकले जनाएको छ । अपरेशन इन्चार्ज शाहले ग्राहकको रकम हिनाहिना गरेको गुनासोपछि संगठित भएका पीडितहरुले लगातारको दवावपछि आफ्नो रकम फिर्ता पाएको बताएका छन् । 

पीडितहरुको तर्फबाट छानबिन समितिको संयोजक रहनुभएका विद्यार्थी नेता हरि पुनका अनुसार आज बैंकले विभिन्न १४ जना पीडितहरुको रकम फिर्ता गरेको छ । उनका अनुसार बैंकको खातावालाहरु खले कामीको एक लाख, पदमकुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मनबहादुर कुसारीको दुई लाख १६ हजार, कालीबहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको ६ लाख ९९ हजार र नयनसिंह ओलीको सात लाख रुपियाँ फिर्ता गरिएको हो । 

त्यसैगरी जितबहादुर खत्रीको ६ लाख, रेखाकुमारी रावतको एक लाख ५० हजार, डण्डे कुसारीको आठ लाख, पीसजोन बोर्डिङ स्कुलको नौ लाख, शंकरबहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र बिमला ओलीको चार लाख रुपियाँ उहाँहरुकै खातामा बैंकले जम्मा गरेको जनाएको छ । अन्य पीडितहरुको बिषयमा छानबिन भइरहेको छ । 

बैंककै जिम्मेवार कर्मचारीले सेवाग्राहीको रकम अपचलन गरेपछि बैंकले जिम्मेवार भएर उक्त रकम फिर्ता गरेको जनाएको छ । रकम हिनामिनाको आरोप लागेका शाह भने फरार छन् ।  

बैंकमा रकम हिनामिना भएको गुनासोपछि बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आन्तरिक छानबिन टोली आठविसकोट आएको थियो । बैंकले कर्मचारी शाहबिरुद्ध बैकिङ कसुर शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा समेत दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले अपरेशन इन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, अन्य खातामा स्थान्तरण गर्नेगरेको आरोपसहितको मुद्दा दर्ता भएको र प्रहरीले छानबिन सुरु गरेको जनाएको छ । उक्त मुद्दामा प्रारम्भिक छानबिनको क्रममा शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको उल्लेख छ । उक्त रकम विभिन्न सरकारी निकायको भएको बताइएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया