प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने र पूर्वसिइओ गौतमसहित १० जना पक्राउ
- BFIS News
- 2024 Feb 27 13:19
काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। उनीसँगै सेन्चुरी बैंकका पूर्वसिइओ तुलसीराम गौतम पनि पक्राउ परेका छन्।
सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सिइओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सिइओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सिइओ को जिम्मेवारी पाएका थिए।
न्यौपाने र गौतमसँगै अन्य ८ जना पनि पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कम्तीमा दुई अर्ब कर्जा प्रवाह भएको भेटिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया