NIMB Header 2
Nepal Life

नामिबियासँग नेपाल २० रनले पराजित

National Life
  • BFIS News
  • 2024 Feb 27 15:06
नामिबियासँग नेपाल २० रनले पराजित
Sanima Reliance

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

Shikhar
NIMB

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाउँदा कप्तान रोहित पौडेलले ४२ रन बनाए। यस्तै कुशल मल्लले ३२ तथा सोमपाल कामीले २६ रन बनाए। नेपालका ओपनर आज चल्न सकेनन्। कुशल भुर्तेल रन नबनाइ आउट हुँदा आसिफ शेख ६ रन बनाएर आउट भए। गुलशन झाले १२ रन बनाउँदा सन्दिप जोरा ५ र विवेक यादव ६ रनमा आउट भए। नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले लोफ्टि इटनको विष्फोटक शतकीय पारीमा २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। उनले टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कुशल मल्लको नाममा रहेको किर्तिमानी तोडे। उनले ३३ बलमा शतक प्रहार गरे। यसअघि ३४ बलमा शतकको किर्तिमानी मल्लको नाममा थियो। उनले कुल १०१ रन बनाए। यस्तै मलन क्रुगरले ५९ रन बनाए।

नेपालका रोहित पौडेलले २ विकेट लिँदा अविनाश बोहरा र करन केसीले समान १/१ विकेट लिए।

नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया