NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान

National Life
  • BFIS News
  • 2024 Feb 28 08:18
धितोपत्र बोर्डद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । धितोपत्र बोर्डले बुधबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि खुल्ला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको हो ।

Shikhar
NIMB

योग्य नेपाली नागरिकले ५ हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन्।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) वमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने योग्यता तोकिएको छ।

आवेदनसाथ उपर्युक्त कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामवन्दी गरी पेश गर्नु पर्नेछ। खामवन्दी प्रस्तावको खामवाहिर आवेदकको नाम र "नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" उल्लेख गरी दस्तखत गरेको हुनु पर्ने बोर्डले जनाएको छ।

पुस २२ गतेदेखि बोर्ड अध्यक्षको पद खाली थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया