आइपिओ निष्कासन गर्दै पशुपति रिन्यूएबल्स, बोलायो साधारणसभा
- BFIS News
- 2024 Feb 28 09:50
काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले चैत ७ गते साधारणसभा बोलाएको हो।
साधारणसभा नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ। उक्त सभामा आइपिओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया