NIMB Header 2
Nepal Life

न्यौपानेसहित १० जना पक्राउ परेको विषयमा बैंकर्स संघले राष्ट्र बैंक, गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने

National Life
  • BFIS News
  • 2024 Feb 28 15:54
न्यौपानेसहित १० जना पक्राउ परेको विषयमा बैंकर्स संघले राष्ट्र बैंक, गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने
Sanima Reliance

काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेको विषयमा नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंक, गृहमन्त्रालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग छलफल गर्ने निर्णय गरेको छ। आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

Shikhar
NIMB


राष्ट्र बैंकले नियमन गर्ने क्षेत्रमा बुझ्दै नबुझी बैंकरहरुलाई पक्राउ गरिएको भन्दै संघले आपत्ति जनाइरहेको छ। सहकारीमा आबद्ध विभिन्न व्यक्तिहरूमा बैंकहरूबाट एक खर्बसम्म कर्जा लगानी भएकोले पनि यो प्रवृत्तिले भोलीका दिनमा सबै बैंकर पर्ने सक्ने भन्दै बैंकरहरूले आपत्ति जनाउँदै आएका छन्।

मंगलबार सिआइबीले न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो। न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि सिआइबीले पक्राउ गरेको थियो।

देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं आवद्ध चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
 
उनीहरुसँगै राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पनि प्रहरी हिरासतमा छन्। सिआइबीले उच्च अदालत पाटनबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

उनी आबद्ध कम्पनीहरू पुजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पुजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिष्टिलरी प्रालिलाई कर्जा प्रवाह गर्दा धितो स्‍वरूप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको पाइएको हो।

सिआइबीका अनुसार धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ थियो। तर कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ प्रवाह भएको अनुसन्धानमा देखिए छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया