NIMB Header 2
Nepal Life

बैंकिङ्गको लागि खराब वर्ष : १२ बर्ष अघि र अहिले, बैंकबिरुद्ध भ्रामक प्रचारबाजीलाई घ्यू थप्ने काम

National Life
  • डा. बुद्धि मल्ल
  • 2024 Feb 28 16:35
बैंकिङ्गको लागि खराब वर्ष : १२ बर्ष अघि र अहिले, बैंकबिरुद्ध भ्रामक प्रचारबाजीलाई घ्यू थप्ने काम
Sanima Reliance

काठमाडौं । १२ बर्ष अघि नेपालको बैंक तथा बित्तिय संस्थाहरुको लागि सार्है खराब बर्ष रहेको थियो । त्यति बेला धेरै बैंक तथा बित्तिय संस्थाहरु असफल भएका थिए भने केहि बैंकरहरु कर्जा दुरुपयोगको अभियोगमा पक्राउ परेका थिए ।

Shikhar
NIMB

अहिले २०२३/२४ मा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको लागि निक्कै खराब बर्ष रहन पुगेको छ र हालसालै केहि बैंकरहरु पक्राउ परेका छन् । तर, पहिलेको पक्राउ नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स, सम्झाना फाईनान्स, युनाईटेड विकास बैंक, क्रिष्ट बैंक आदिका कर्जा दुरुपयोग नै भएर पक्राउ परेका थिए ।

ति संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही समेत गरेको थियो भने अहिले एउटा तत्कालिन बैंकका प्रमुख कार्यकारी अधिकृत एवं अन्य कर्मचारीहरु पक्राउ प्रकरणमा भने पहिलाको जस्तो अवस्था रहेको देखिंदैन ।

कहिले लगानीयोग्य रकमको अभाव त कहि ब्याजदर चर्को भयो भनेर ब्यवसायिहरुको बिरोध भइरहेको छ । कहिले बैंकले अकूत कमायो भनेर बिरोध । हुँदा हुँदै अहिले धितो अपुग भयो भनेर पक्राउ भइरहेको छ । यस्तो कदमले कर्जामा काम गर्ने कर्मचारीहरुको आत्मबल कमजोर बनाएको छ । त्यसैले यि सबै कुरा बैंक तथा बित्तिय संस्था एवं समग्र अर्थतन्त्रको लागि राम्रो संकेत होईन ।

बैंकको कर्जा दुरुपयोग गर्ने जो कोहिलाई पनि कारवाही हुनुपर्छ भन्नेमा शायद कसैको पनि दुईमत नहोला तर त्यो कर्जा दुरुपयोग हो कि होईन भन्ने निकाय नेपाल राष्ट्र बैंक हो ।

अहिले केहि ब्यक्तिहरुले बैंकबिरुद्ध भ्रामक प्रचारबाजी गरिरहेकोले यस पक्राउ प्रकरणले आगोमा घ्यू थप्ने काम गरेको छ । दोषिलाई कारवाही गर्नुपर्छ तर, यो पक्राउ प्रकरणबाट केहि प्रश्न सृजना गरेको छ ।

१. अब कर्जामा लगानी गर्न, बिशेषगरी परियोजना कर्जामा ढुक्कसंग लगानी गर्न कर्मचारीहरुको आत्मबिश्वास कायम रहला ?

२. बैंकहरुको लगानी धितोमुखि भयो भन्दै आवाज उठिरहेको अवस्थामा बैंकहरुले साना साना कर्जाहरु बिना धितो वा परियोजना धितो गरिरहेको भविष्यमा यो सिमालाई बढाउंदै लैजाने सम्भावना थियो भने ठुला ठुला कर्पोरेट कर्जाहरु उनिहरुको परियोजना तथा शाखाको कारणले लगानी गर्दे आईरहेकोमा यस प्रकरणले यस्ता लगानीहरु प्रभावित हुन सक्छन् ।

३. बैंकले बिना धितो पनि कर्जा लगानी गर्न सक्छ त्या कत्तिको जोखिम बैंकले लिने भन्ने सम्बन्धमा निर्णय गर्नको लागि बैकको आन्तरिक जोखिम बिभाग, सञ्चालकले संयोजन गर्ने जोखिम ब्यवस्थापन समिति र सञ्चालक समिति हुन्छ र फेरी २ अर्ब भन्दा बढिको कर्जा नेपालका कुनै प्रमुख कार्यकारी अधिकृतले स्विकृति गर्नसक्ने अख्तियारी छैन पनि ।

४. अनुसन्धान गरौं तर, यो पक्राउले सारा बैंकर तथा जनताहरुलाई एकप्रकारको नकरात्मक सन्देश गएको छ । पक्राउ भन्दा पहिला नै सर्वसाधारणहरुमा भ्रम नहुने तरिकाले गर्दा राम्रो हुने थियो ।

(डा. बुद्धि मल्ल बैंकर हुन् । प्रस्तुत प्रतिक्रिया उनैको सामाजिक सञ्जाल मार्फत लिइएको हो)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया