NIMB Header 2
Nepal Life

“पहिले थुन अनि सुनको”को नीति अवलम्बन नगरिदिन बैंकर्स संघ संघठनको अपिल

National Life
  • BFIS News
  • 2024 Feb 28 19:03
“पहिले थुन अनि सुनको”को नीति अवलम्बन नगरिदिन बैंकर्स संघ संघठनको अपिल
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको भनेको भन्दै बैंकर्सहरुको संस्थाहरुले सम्बन्धित निकायहरुलाई गम्भिर भइदिन आग्रह गरेको छ ।

Shikhar
NIMB

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएन नेपाल, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै यस्ता कार्याले बैंकिङ क्षेत्रका कर्मचारीहरुको मनोवल खस्कन गएका हुंदा राज्यका सम्बन्धित निकायहरु यस बिषयमा गम्भिर भईदिन आग्रह गरेको हो ।

कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रहि आ आफ्नो कर्जा नीति तथा कार्यविधि भित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानी हुने घडपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने भएकाले तत्कालै यस तर्फ गम्भीर भई दिन समेत चार वटै संघले सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरु तथा अन्य प्रचलित ऐन, नियमका साथै बैंकिङ्ग क्षेत्रका मान्य सिद्धान्तहरु समेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ्ग कारोवार गर्दै आईरहेको संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग कारोवार गर्नका लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्र भित्र रहि निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा हामीमा द्विविधा रहेको छैन ।

यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैं तत्पर रहेको प्रेश विज्ञप्तीमा उल्लेख छ । प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरि रहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाईनु हुन्न भन्ने संघको धारणा रहेको छ ।

अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा संघहरु प्रतिवद्ध रहेको जनाएका छन् । साथै, बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनु पर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको बैंकर्सको आरोप छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पुर्याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धीत सबैलाई अवगत समेत गराएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गर्दछन् । समस्त ग्राहकहरुको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यसरी पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग चार वटै बैंकर्स संघ संघठनले अनुरोध गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया