अरुण भ्यालीको हकप्रद शेयरमा पहिलो दिन ७ लाख २१ हजार ७७० कित्ताका लागि आवेदन
- BFIS News
- 2024 Feb 29 18:59
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा पहिलो दिन ७ लाख २१ हजार ७७० कित्ताका लागि आवेदन परेको छ।
सिडिएसका अनुसार ३ हजार ५२ आवेदकले सो संख्यामा आवेदन दिएका हुन्। यसबाट ७ करोड २१ लाख ७७ हजार रुपैयाँ संकलन भएको छ।
कम्पनीले चुक्तापुँजीको १:१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो।
माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर निष्काशन गरेको हो। यसका लागि चैत्र ७ गतेसम्म आवेदन दिन सकिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया