NIMB Header 2
Nepal Life

रिडी पावर कम्पनीको हकप्रद शेयर बिक्री खुला, कसले दिन पाउँछन् आवेदन?

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 01 07:55
रिडी पावर कम्पनीको हकप्रद शेयर बिक्री खुला, कसले दिन पाउँछन् आवेदन?
National Life

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १:०.५० अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। रु. १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन भएको हो।

NIMB

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति चैत ८ गते रहेको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सिडिएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्व: पुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गरिएको हो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया