NIMB Header 2
Nepal Life

वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की निर्विरोध चयन

National Life
  • BFIS News
  • 2024 Mar 01 08:49
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की निर्विरोध चयन
Sanima Reliance

काठमाडौं। हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन भएका छन्। संघको बिहीबार भएको २३ औं वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो। उनी समिट एयरका प्रबन्ध निर्देशक हुन्।

Shikhar
NIMB

संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएका संघले जनाएको छ। सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया