NIMB Header 2
Nepal Life

नामिबियामाथि नेपालको रोमाञ्चक जित

National Life
  • BFIS News
  • 2024 Mar 01 15:57
नामिबियामाथि नेपालको रोमाञ्चक जित
Sanima Reliance

काठमाडौं । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक हुँदा बलिङ गर्न आएका करन केसीले कसिलो बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ। उनले अन्तिम ओभरमा एक विकेट लिँदै एक वाइडसहित ८ रन खर्चिए।

Shikhar
NIMB

एकसमय जितनजिक पुगेको नामिबियालाई १६ औं ओभर गर्न आएका दिपेन्द्र सिंह ऐरीले लगातार दुई विकेट लिएपछि दबाब बढेको थियो। उनले उक्त ओभरमा २ रन दिएर महत्वपूर्ण २ विकेट लिए। उनले पहिलो बलमै ५० रन बनाएर खेलिरहेका जेजे स्मिटलाई आउट गरे भने अर्को बलमा लोफ्टी इटनलाई आउट गरे। त्यसपछि १७ औं ओभरको पहिलो बलमै अविनाश बोहराले ३७ रन बनाएर खेलिरहेका जेन फ्राइलिंकलाई आउट गर्दा नेपाल खेलमा फर्किएको थियो।

नेपालका लागि करन केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए। बोहराको नाममा एक विकेट रह्यो। नामिबियाका स्मिटले सर्वाधिक ५० बनाउँदा फ्राइलिंकले ३७, जेपि कोट्जेले २५ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको अविजित ५५ रनको योगदानमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो। नेपालका आरिफ शेखले ३१, गुलशन झाले २६ तथा अनिल शाहले २३ रन बनाए। नामिबियाका बेन सिकोंगोले ३ विकेट लिए।

जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। अब नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया