NIMB Header 2
Nepal Life

माउन्टेन इनर्जीले लाभांश वितरण गर्ने, बोलायो साधारणसभा

National Life
  • BFIS News
  • 2024 Mar 04 08:41
माउन्टेन इनर्जीले लाभांश वितरण गर्ने, बोलायो साधारणसभा
Sanima Reliance

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले चैत्र १३ गते अम्रपाली ब्याङ्क्वैट काठमाडौंमा बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

Shikhar
NIMB

सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन सहित, नगद प्रवाह र नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि सभामा प्रस्तुत हुनेछ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। नेप्सेमा फागुन २९ गतेसम्म कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया